काठमाडौं: बझाङको उरै भञ्ज्याङ हुँदै ताक्लाकोट नाका खुलाउनका लागि सरकारी र निजी क्षेत्रबाट कुरा उठ्दै आए पनि ठोस रुपमा अगाडि बढ्न सकेको छैन ।
चीनसँगको प्रमुख व्यापारिक नाका बन्न सक्ने ताक्लाकोटलाई खुलाउनका लागि नेपाल सरकारले विशेष पहल गर्नुपर्ने सुदूरपश्चिमवासीको आग्रह छ ।
मित्र राष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणको क्रममा यो नाकाबारे नेपाल सरकारबाट विशेष पहल हुने प्रदेशवासीको अपेक्षा छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६