पोर्चुगलमा आयोजना हुने युरोकप २०२० को लागि इटाली भएकाे छ । समूह ‘जे’ मा अपराजित रहेको इटालीले ७ खेलबाट २१ अंक जोड्दै शीर्षस्थानमा रहेर युरोकपको लागि छनोट हुन सफल भएको हो । इटालीले दोस्रो स्थानमा रहेको फिनल्यान्डलाई ९ अंकले पछि पारेको छ ।
समूहको सातौ चरणको खेलमा इटालीले शनिबार राति ग्रीसलाई २–० ले पराजित गरेको छ । इटालीको सहज जितका जर्गिन्हो र फेडरिको बेनारडेस्चीले गोल गरे । रोमामा घरेलु टोलीले ग्रीसलाई लगातार दवावमा राखेपनि पहिलो हाफमा गोल गर्न सकेको थिएन । तर, इटालीले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो ।
फिनल्यान्ड १२ अंकसहित दोस्रो स्थानमा छ । अर्मेनिया र बोस्नियाको समान १० अंक छ । ग्रीस ५ अंकसहित पाँचौ र लिचेस्टाइन २ अंक जोडेर पुछारमा छ ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०७६