युरो छनोट २०२० को छनोटमा इंग्ल्यान्डले पहिलो हार बेहोरेको छ । इंग्ल्यान्ड घरेलु टोली चेक रिपब्लिकसँग २–१ ले स्तब्ध हुदै युरो छनोटमा १० वर्षपछि पहिलो हार भोगेको हो ।
इडेन एरिना प्राहामा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले सुरुवाती अग्रता लिएर पनि अग्रता जोगाउन नसक्दा हार्नु परेकाे हाे । खेलको पाँचौ मिनेटमा कप्तान ह्यारी केनको पेनाल्टीबाट पाहुना टोली इंग्ल्यान्ड खेलमा अघि बढेको थियो । रहिम स्ट्रलिङलाई एलेक्स केरललाई बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा केनले गोल गरेका थिए तर, इंग्ल्यान्डको त्यो अग्रता लामो समय टिकेन । नवौं मिनेटमा ज्याकुव ब्रावेकले बराबरी गोल फर्काए ।
प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । ८५औं मिनेटमा वैकल्पिक खेलाडी जेडेनेक ओन्ड्रासेकले गोल गर्दै घरेलु टोलीलाई २–१ ले जित दर्ता गरे ।
प्रकाशित मिति: शनिबार, असोज २५, २०७६