काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ ।
संघीय सरकारले राष्ट्रपति सी जिनपिङको स्वागतमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा गृह मन्त्रालयले प्रस्ताव लगेको थियो । मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको हो ।
प्रकाशित मिति: शुक्रबार, असोज २४, २०७६