बेल्जियम युरो २०२० का लागि छनोट हुने पहिलो टोली बनेको छ। बेल्जियमले सन मारिनोमाथि ९–० को शानदार जितसँगै रोबर्टो मार्टिनेजको टोलीको समूह ‘आई’ मा तेस्रो स्थानको साइप्रससँग ११ अंकको अग्रता बनाएको छ।
पहिलो हाफमा बेल्जियमका लागि इन्टर मिलानका फरवार्ड रोमेलो लुकाकुले दुई तथा नासेर चाड्ली, टोबे एल्डरविर्ड र युरी टेलिमान्सले एक एक गोल गरे। बेल्जियमले अर्को आत्मघाती गोल उपहार पाएको थियो। दोस्रो हाफमा क्रिष्टियन बेन्टेके, यारी भर्सचेरिन र टिमोथी कास्टग्नीले थप १–१ गोल गरेपछि बेल्जियमले सहज नतिजा निकालेको हो।
यससँगै लुकाकुले अन्तर्राष्ट्रिय खेलमा ५१ गोल गरेका छन्। बेल्जियमबाट ५० गोल गर्ने पहिलो खेलाडी हुन्।
प्रकाशित मिति: शुक्रबार, असोज २४, २०७६