काठमाडौं । स्वास्थ्यमा समस्या देखिएपछि प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको छ ।
उच्च रक्तचाप, मधुमेह र स्वासप्रश्वासमा समस्या देखिएपछि महरालाई अस्पताल भर्ना गरिएकाे प्रहरीले जनाएकाे छ । प्रहरीकाे सिंहदरबार वृत्तमा रहेका महराको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि अस्पताल भर्ना गरिएको हाे । यसअघि नै स्वास्थ्यमा समस्या देखिए पनि उनले अस्पताल जान अस्वीकार गरेका थिए ।
संसद सचिवालयमा कार्यरत कर्मचारी राेशनी शाहीले आफूलाई यौन दुर्व्यवहार गरेकाे किटानी दिएपछि महरा सोमबारदेखि प्रहरी हिरासतमा छन् ।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६