विश्वकप २०२० छनोट प्रतियोगता अन्तर्गत दोस्रो समूहचरणको खेलमा नेपालले आज अष्टेलियाविरुद्ध खेल्न लागेकाे छ ।
क्यानवेरास्थित जिआइओ रंगशालमा दिउँसोको २:४५ बजे अष्ट्रेलियाली टीम ‘सकरुज’ विरुद्धको खेलमा नेपाली टीम मैदन उत्रिने छ। अष्ट्रेलियाको वलियो टीमसँग नेपालले उसकै घरेलु मैदानमा कडा चुनौतिको सामाना गर्नुपर्ने छ।
खेलाडिको मनोबल बढाउन नेपालीहरू मैदानमा उपस्थित हुने छन् भने घरेलु मैदानमा अष्ट्रेलियालाई हराउन नेपाली फुटवल टीमले चामात्कारीक खेल प्रर्दशन गर्नुपर्ने देखिन्छ।
नेपाली फुटबल टिमको नेतृत्व किरण चेम्जोङले गरेका छन् । सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल, रक्षापंतिमा रहने छन् भने सुनिल वल, रवि पासवान, अन्जन विष्ठ, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द मिडफिल्डरको रुपमा रहने छन्।
विमल घर्तिमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ फवार्डमा खेल्ने छन्।
रंगशालमा नेपालीहरूको बाक्लो उपस्थिती हुने छ। दसैंको वीचमा भएको उक्त खेल हेर्न अष्टेलियाका ग्रामिण शहरबाट ठूलो संख्यामा नेपाली आफ्नो देशका खेलाडीको मनोवल बढाउन क्यानवेरा पुगिसकेका छन्।
५ हजार नेपालीले टिकट लिइसकेका छन् भने ८ हजार कुर्सिहरू भिजिटरका लागि राखिएका छन्।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०७६