दैलेख: दैलेखको दुल्लु नगरपालिका–११ कालभैरवमा टीका लगाउन हिडेका एक दम्पत्तीकाे खोलाले ज्यान लिएकाे छ ।
टीका लगाउन माइत जाने क्रममा ४० वर्षीया खगिसरा सुनार र उनका श्रीमान ४५ वर्षका इन्द्रबहादुर सुनारको खोलाले बगाएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
मालीघाट र कुयलकुना पुग्न झण्डै एक–एक किलोमिटर हिँड्नुपर्ने भएकोले छोटो बाटोको लागि पहिलेदेखि नै तर्ने गरेको स्यालखाडा घाटबाट कोटिला निस्कन लाग्दा पानीको बहावले धकेलेर दम्पतीलाई बगाएको प्रहरीले जनाएकाे छ ।
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६