चाडपर्वका बेला चोरी तस्करी बढ्न सक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जको संरक्षणमा कडाइ गरिएकाे छ । विशेष गरी नेपालीहरुको महान् चाड दशैं, तिहार, छठलगायतका चाडपर्वसँगै चोरी तस्करीको ध्यान निकुञ्जमा हुन सक्ने भन्दै फरक रणनीतिका साथ निकुञ्जको सुरक्षामा कडाइ गरिएको हो ।
निकुञ्जमा सेनाले उच्चस्तरीय प्रविधि सिसीक्यामरा, क्यामरा ट्र्यापिङ, ड्रोन क्यामरा, हात्ती, पैदल, साइकल, मोटरसाइकल, डुङ्गा र रात्रिकालीन एम्बुसको सङ्ख्या वृद्धि गरेको छ ।
यस्तै निकुञ्जको अति संवेदनशील क्षेत्रमा तालीम प्राप्त कुकुरका साथै हात्तीको प्रयोग गरी विभिन्न स्थानमा ‘सर्च, स्वीप’को कार्यमा जोड दिइएको छ । निकुञ्जमा दैनिक १५१ साइकल, नौवटा गाडी, १६ मोटरसाइकल, चार कुकुर, १७ वटा पोष्टबाट हात्तीले नियमित गस्ती गरिदै आएको छ ।
निकुञ्जमा दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँंडा, पाटेबाघ, चित्त, हात्ती, गोही, जरायो, भालु, गौरीगाईलगायत पाइन्छन् ।
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६