पश्चिम बंगलको आसपास रहेको न्यून चापिय क्षेत्रका कारण पुर्वि र मध्य भु-भागमा साथै पश्चिमि वायुका प्रभावका कारणले नेपालको पश्चिमि भु-भागमा आंशिक देखी सामान्य बदलि भई हल्का देखि मध्यम बर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
हाल देशको पुर्वी भुभाग लगायन मध्य तथा पश्चिमी पहाडी भुभागमा आंशिक देखि सामान्य वदलि र मध्य तथा पश्चिमी तराईका भुभागमा सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशभरि आंसिक देखि सामान्य बदलि रहि देशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती देशभर आंसिक देखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानहरुमा साथै पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ |
प्रकाशित मिति: बुधबार, असोज २२, २०७६