बार्सिलोनाले सेभिल्लालाई ४–० ले हराएको छ । नौ खेलाडीमा खेलको अन्त्य गरेको बार्सिलोनाको लागि लुइस स्वारेज, अर्टुरो भिडाल, ओसमाने डेम्बेले र मेस्सीले गोल गरेका थिए । जितपछि बार्सिलोनाले शीर्षस्थानको रियल म्याड्रिडसँगको अंक दुरीलाई घटाएको छ ।
८ खेलपछि रियलको १८ अंक छ भने बार्सिलोनाको १६ अंक पुगेको छ । २७ औं मिनेटमा स्वारेजको गोलबाट बार्सिलोनले अग्रता लिएको थियो । भिडालले ३२ औं मिनेटमा गोल गरे । डेम्बेलेले ३५ औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ३-० को अग्रता बनाएको थियो ।
मेस्सीले खेल सकिन १२ मिनेट अघि फ्रिकिकमा गोल गरेका थिए । बार्सिलोनाका रोनाल्डा अरौजुले ८७ औं मिनेटमा रातो कार्डको सामना गरेका थिए । सोही समयमा डेम्बेले दोहोरो पेहेलो कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोना ९ खेलाडीमा सिमित भएको थियो ।
प्रकाशित मिति: सोमबार, असोज २०, २०७६