काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेपछि राजीनामा दिएका सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएसँगै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले उनलाई प्रक्राउ गरेको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई बइतबार अनुमति दिएकाे हाे ।
महरा विरुद्ध फौजदारी अपराध संहिताअनुसार मुद्दा चलाउन प्रहरीले उनलाई नियन्त्रणमा लिएकाे हाे । संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले गत आइतबार राति महरा आफ्नाे कोठामा पुगेर बलात्कार प्रयास गरेको किटान जाहेरी शुक्रबार प्रहरीमा दर्ता भएको छ।
प्रकाशित मिति: आइतबार, असोज १९, २०७६