भारतको उत्तर प्रदेश तथा बिहार आसपास न्यून चापीय प्रणाली रहेको छ | यहि न्यून चापीय प्रणाली र स्थानिय वायुको प्रभावले नेपालको पुर्वि र मध्य भु-भागमा वर्षा भईरहेको छ।साथै पश्चिमि वायुका प्रभावका कारणले नेपालको पश्चिमि भु-भागमा आंशिक देखी सामान्य बदलि भएको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
हाल देशभर आंशिक देखि सामान्य वदलिको अवस्था रहेको छ। देशको पूर्वि तथा मध्य क्षेत्रका थोरै भू भागमा मेघ गर्जन सहित हल्का वर्षा भइरहेको छ | असोज १९ गते देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि रहि थोरै स्थानहरुमा र पश्चिमी भुभागमा आंसिक बदली रहि १ वा २ स्थानहरुमा हल्का देखि मध्वययम वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रकाशित मिति: आइतबार, असोज १९, २०७६