फूलपातीका अवसरमा आज देशभरका शक्तिपीठमा फूलपाती भित्र्याइँदै छ। आज हनुमानढोका दरबारस्थित दशैँघरमा सरकारी तबरबाट फूलपाती भित्र्याइँदैछ ।
केराको पात, अदुवा, दारिम, बयर, फूललाई धादिङको छत्रेदेउरालीबाट दशैँघरमा ल्याउने चलन छ । नेपाली सेनाको शार्दुलजङ्ग गुल्मबाट खटिएका सेना फूलपाती लिन छत्रे देउराली गएका छन् ।
विगतमा समरजङ्ग कम्पनीबाट फूलपाती लिन जाने गरिएकोमा कम्पनीको कार्य गुल्मको जिम्मेवारीमा सारिएपछि सेनाले फूलपाती ल्याउन थालेको हो । शनिबार जमलमा फूलपाती ल्याएपछि सरकारी उत्सवका साथ दशैँघर भित्र्याउने तयारी भएको छ।
प्रकाशित मिति: शनिबार, असोज १८, २०७६