काठमाडाैं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले पनि मासिक ५ सय रुपैयाँका दरले भत्ता पाउने भएका छन् ।
गाउँपालिकाले कार्यविधि बनाइसकेकाले यस आवको साउनदेखि नै लागू हुने गरी भत्ता वितरण गर्न लागिएको हो । गाउँपालिकाभित्र करिब ३ सय ५० एकल पुरुष भएको अनुमान गरिएको छ ।
एकल पुरुषकाे नाम सङ्कलन गरेर एकिन विवरण प्राप्त भएपछि वितरण गरिने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
महिला र पुरुष समान भनिँदै आएका सन्दर्भमा एकल पुरुषलाई पनि मासिक भत्ता दिन उपयुक्त ठहर गरी आन्तरिक स्रोतबाट प्रदान गर्ने गरी गाउँपालिकाको सभाले २० लाख बजेट पारित गरेको अध्यक्ष शेर्पाको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६