भारतका विभिन्न सहरबाट वीरगञ्ज नाका भएर साउन र भदौ महिनामामात्र साढे नौ करोड रुपियाँको आलु र प्याज भित्रिएको हो ।
गत आर्थिक वर्ष २०७५/७६ को पहिलो दुई महिनामा सात करोड ३५ लाख २३ हजार ५८५ रुपिया मूल्य बराबरको आलु प्याज भित्रिएकोमा यस आर्थिक २०७६/७७ वर्षमा दुई करोड दुई लाख ९३ हजार रुपियाँले बढेर नौ करोड ३८ लाख १७ हजार ४०३ रुपियाँ बराबरको आलु प्याज भित्रिएको हो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी मनिष महतोका अनुसार आर्थिक वर्ष २०७६/७७ को साउन र भदौ महिनामा तीन करोड चार लाख ८३ हजार ३७३ रुपिया बराबरको १३ लाख ९३ हजार ९०० किलो आलु वीरगञ्ज भन्सार नाका भएर भित्रिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १७, २०७६