नेवार समदुायमा वडा दसैंको आफ्नै महत्व छ । हरेक पर्वलाई आफ्नै तरिकाले मनाउने यो समुदायले दसैंलाई मोहनी नखः को रुपमा मनाउँछ ।
मोहनी नखः भन्नुका पछाडि कारण छन् । संसारमा दानवीय शक्तिको सँधैं वर्चश्व रहेको छ । यसले विनाश मात्र निम्त्याउँछ ।
यस्तो नकारात्मक शक्तिलाई समाप्त पार्न देवताहरु असमर्थ थिए । अवस्था नाजुक बन्दै गएपछि असुरहरुलाई समाप्त पार्न देवताहरुले जुक्ति लगाउन थाले ।
प्रकृतिले नै महिला र पुरुष विपरित लिंगप्रति आकर्षित हुने बनाएको छ । देवताहरुले यसलाई प्रयोगमा ल्याउने सोचे । यसका लागि दुर्गा भवानी उपयुक्त पात्र थिइन् ।
संस्कृतिविद् हरिराम जोशीका अनुसार दानवराज महिषसुरको बध गर्न महामाया भगवती दुर्गाले १६ वर्षे किशोरीको रुप धारण गरिन् । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६