भारतको उत्तर प्रदेश आसपास नयुनचापीय प्रणाली रहेको छ र यसले नेपालमा सामान्य प्रभाव परेको छ।
हाल देशको मध्य क्षेत्रमा सामान्य बदलि रहि १-२ स्थानहरुमा हल्का बर्षा भईरहेको छ र अन्य स्थानहरुमा आंसिक देखि सामान्य बदलि रहेको छ।
आज दिउसो देशभरि आंसिक देखि सामान्य बदलि रहि मध्य तथा पुर्वका थोरै स्थानहरुमा साथै पश्चिमका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ। राती देशको मध्य तथा पुर्वी भुभागमा आंसिक देखि सामान्य बदलि र पश्चिमी भुभागमा आंसिक बदली रहनेछ। मध्य तथा पुर्वी भुभागका थोरै साथै पश्चिमका १ वा २ स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।
प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६