काठमाडौं: नेपाली सेनाले पहिलोपटक विश्व सैन्य गेम्समा सहभागी जनाउने भएको छ । अन्तर्राष्ट्रिय सैन्य खेल परिषद् (सीआईएसएम) को आयोजनामा चीनको वुहान सिटीमा आयोजना हुन लागेको सातौ संस्करणमा नेपाली सेनाले सहभागिता जनाउन लागेको हो ।
नेपाली सेनाले गतवर्ष मात्रै सीआईएसएमको सदस्यता प्राप्त गरेको थियो । प्रतियोगितामा २५ खेल हुने भएपनि नेपाली सेनाले १३ खेलमा सहभागिता जनाउन लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक विज्ञानदेव पाण्डेले बताए ।
नेपाल आर्मीले आर्चरी, ब्याडमिन्टन, बक्सिङ घोडचडी, फेन्सिङ, जुडो, ट्रायथलन, ट्र्याक एन्ड फिल्ड, तेक्वान्दो, बिच भलिबल, कुस्ती, मोर्डन पेन्टाथन र सुटिङमा सहभागिता जनाउन लागेको प्रतियोगिताका सेफ दि मिसन शशि किरण रायमाझीले जानकारी गराए । खेलाडी र अफिसियल गरी ६४ जनाको टोली रहेको छ । जसमा ४० खेलाडी, अफिसिल रेफ्री, मेडिकल गरी २१ जना, मिडियाकर्मी दुई जना आर्मी र एक जना राससको गरी तीन जना रहेको छ ।
प्रतियोगितामा १०५ देशका १० हजार ७१९ आर्मी खेलाडी तथा अफिसियल सहभागी हुँदैछन् ।
प्रकाशित मिति: बिहीबार, असोज १६, २०७६