चालु आर्थिक वर्ष मदिरा बिक्रीमा भारी गिरावट आएको छ। आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मदिरा बिक्रीबापत उठाइने अन्तः शुल्क पनि घटेको छ।
अघिल्लो आवको सुरु दुई महिनाको तुलनामा चालु आवको यसै अवधिमा अन्तः शुल्क २१ प्रतिशत घटेको विभागले जानकारी दिएको छ।
आन्तरिक राजस्व कार्यालयले मुलुकभित्र हुने मदिरारबियर बिक्री तथा उत्पादनबापतको अन्तःशुल्क संकलन गर्छ। यसबाट मदिराको बिक्री वा उत्पादनमा कमी आएको स्पष्ट हुन्छ।
विभागका अनुसार यस अवधिमा दुई अर्ब रुपैयाँको मदिरा उत्पादन तथा बिक्री भएको भएको छ। यस्तै, तीन अर्ब ६२ करोड रुपैयाँ बराबरको बियर मात्रै उत्पादन तथा बिक्री भएको छ।
अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनामा मदिराबाट दुई अर्ब ५३ करोड रुपैयाँ अन्तःशुल्क संकलन भएको थियो। २०७४÷७५ मा मदिराबाट दुई अर्ब २६ करोड अन्तःशुल्क उठेको थियो। चालु आवमा मदिराबाट दुई अर्ब रुपैयाँमात्र अन्तःशुल्क संकलन भएको छ।
अघिल्लो आवमा बियर पनि तीन अर्ब ६७ करोड रुपैयाँको बिक्री भएको थियो। यसपालि १ प्रतिशतले मदिराको अन्तःशुल्क घटेको छ। २०७४÷७५ को दुई महिनाको तुलनामा २०७५÷७६ मा बियरबाट संकलन हुने अन्तःशुल्क ६१ प्रतिशतले बढेको थियो। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: बुधबार, असोज १५, २०७६