हाल देशभरी आंसिक देखि सामान्य बदलि रहि पश्चिमी भुभागका थोरै स्थानमा वर्षा भइरहेको छ।
हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानमा रहेको छ साथै भारतको उत्तर प्रदेश आसपास नयुनचापीय प्रणाली रहेको छ। तलको नक्शामा मनसुनी न्यून चापीय रेखाको औसत स्थान देखाइएको छ।
देशको पश्चिमी भुभागमा सामान्य बदली, मध्य तथा पुर्वी भुभागमा आंशिक देखि सामान्य बदली रही पश्चिमका केहि स्थानमा साथै मध्य तथा पुर्वी भुभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । पश्चिमी तथा पुर्वी पहाडी भुभागका १ वा २ स्थानमा मेघगर्जन चट्याङको सम्भावना छ।
प्रकाशित मिति: बुधबार, असोज १५, २०७६