काठमाडौं । प्रहरीले कृषि विकास बैंक लहान ऋण शाखाका प्रमुख सनिषकुमार साहलाई पक्राउ गरेकाे छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ह्याकिङ प्रकरणमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरेको हो। पक्राउ गरेलगत्तै उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ।
यसअघि विदेशमा बसेरै ह्याकरले कृषि विकास बैंकको करिब पाँच करोड रुपैयाँ ११ व्यक्तिको खातामा पुर्याएका थिए भने प्रहरीले बैँकिङ प्रणालीबाट करोडौँ रुपैयाँ कुम्ल्याउने योजना बनाएका १२ जनालाई पक्राउ गरेको थियो ।
यज्ञराज भट्ट ४६ लाख रुपैयाँसहित महेन्द्रनगरबाट र मालतीदेवी न्यौपाने भट्टराई पवर्तको हुवासबाट २४ लाखसहित प्रकाउ परेका थिए ।
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६