काठमाडाैं । बडादसैँकाे पहिलाे दिन आज घटस्थापना । आजैबाट नवरात्र पनि सुरु हुँदै छ । घटस्थापनाका दिन आज काठमाडाैं वसन्तपुरकाे हनुमानढाेकास्थित दसैँघरमा जमरा राखिएको छ।
दसैँको पहिलो दिन वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी जौको जमरा राखिन्छ । विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीको दिन पहेंलो जमरासँगै दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ ।
विभिन्न शक्तिपीठ तथा घरमा समेत आजकै दिनमा जमरा राख्ने प्रचलन छ। घटस्थापनादेखि नवमीसँग नवरात्रिका रूपमा नवदुर्गाको पूजाआजा तथा उपासना गर्ने गरिन्छ। कोजाग्रत पूर्णिमासँगै दसैंको समापन हुन्छ।
हेराैं दसैँघरमा जमरा राख्दाका केही दृश्यः
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६