काठमाडौं: नेपाल र यूएईबीच हवाई सम्झौतामा हस्ताक्षर भएकाे छ । क्यानडामा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सम्मेलन भएकाे सम्झौतामा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र यूएईएका अर्थमन्त्री सुल्तान विन सइदले हस्ताक्षर गरेका हुन् ।
शनिबार भएको सम्झौताले वायुयान सञ्चालनका क्रममा प्रदान गरिने सेवा सुविधा प्राप्तिमा सहज हुने र भन्सार सहुलियत, आयकर उपयोग शुल्क सहज हुने विस्वास गरिएकाे छ ।
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६