काठमाडाैं । सुनसरी र इलाममा पानीमा डुबेर २ जनाकाे मृत्यु भएकाे छ ।
नालीमा डुबेर सुनसरीको रामधुनी नगरपालिका-५ भमरी चोकका ४७ वर्षीय गोपाल गौतमको मृत्यु भएको हाे। आइतबार बिहान नालीमा मृत भेटिएको प्रहरीले जनाएको छ।
यस्तै, इलामको सुनमाई नगरपालिका-१२ मलिमकी ५६ वर्षीया दिलमाया राईको पाेखरीमा डुबेर मृत्यु भएको छ। आइतबार बिहानै आफ्नै घर नजिकै रहेको पानीको दहमा मृत फेला परेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६