साउन महिनादेखि क्रमस बढेको डेंगुको संक्रमणका कारण यहाँको पर्यटकीय क्षेत्रमा समेत असर परेको छ । संक्रमणका कारण भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको छ ।
भदौ १५ गतेपछि सौराहामा पर्यटकको आगमन बढ्ने गरेकामा यस वर्ष भने न्यून संख्यामा आएका छन् ।
चितवनस्थित क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईका अनुसार विगत वर्षहरुमा यतिबेला दैनिक एक हजार हाराहारी पर्यटक साैराहा भित्रिने गर्थे तर यस वर्ष यो संख्या २ सयको हाराहारी मात्र छ । आजको कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६