परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शक्तिशाली राष्ट्रहरूको आर्थिक वृद्धि असामान्य ढङ्गले वृद्धि हुँदा कम विकसित देशलाई गहिरो असर पर्दै गएको बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको तर्फबाट शुक्रबार सम्बोधन गर्दै मन्त्री ज्ञवालीले नेपाल लगायतका कम विकसित, भूपरिवेष्टित र साना टापु राष्ट्रले आर्थिक असुरक्षा र असन्तुलन भोग्नु परिरहेको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
“विश्व आज एउटा चउरमा उभिएको छ र विश्वको सन्तुलन अतुलनीय ढङ्गले रूपान्तरण भइरहेको छ,” उनले थपे, “धेरै समस्या हिजो पनि समाधान गर्न सकिएको थिएन र आज धेरै नयाँ चुनौती थपिइरहेका छन् ।”
उनले विश्वमा अवसर र आम्दानी तथा प्रविधि र क्षमताको असमानता बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसङ्घमा ध्यानाकर्षण गराए । आजकाे गोरखापत्र दैनिकमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६