चीनमा सरकारी योजनाको लाभ लिनका लागि एक परिवारले यस्तो अचम्ममा पर्ने काम गरेका छन्, जसले सबैलाई आश्चर्यमा पारेको छ ।
सरकारी योजनाअनुसार घर लिनका लागि एकै परिवारका ११ सदस्यले एक महिनाको अवधिमा आपसमा २३ विवाह गरे र पुन सम्बन्धविच्छेद गरेका छन् ।
सरकारी अखबार ग्लोबल टाइम्सको एक रिपोर्ट अनुसार झेजियाङ प्रान्तमा सरकारका तर्फबाट विकास परियोजना चलाइएको थियो ।
यसको मातहतमा अधिकारीले उक्त क्षेत्रमा मानिसलाई ४० वर्ग मिटरको अपार्टमेन्ट दिने घोषणा गरेका थिए । उक्त क्षेत्रमा पुरानो घर ध्वस्त बनाइँदै थियो । आजको कारोबार दैनिकमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६