हाल देशभर सामान्य देखि पूर्ण वदली रही पूर्व र मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका थोरै स्थानहरुमा मेघगर्जन सहित चट्याङ्ग समेत हुनेछ।पूर्व र मध्यका १-२ स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ |
राती देशभरी सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक/दुई स्थानमा मेघगर्जन सहित चट्याङ्ग समेत हुनेछ। पूर्व र मध्यका १-२ स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ |
प्रकाशित मिति: आइतबार, असोज १२, २०७६