कप्तान पारस खड्काले सिंगापुरविरुद्ध त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा सानदार शतक प्रहार गरेसँगै नेपालले ९ विकेटको जित दर्ता गरेको छ । यो नेपालको लागि टि-२० अन्तर्राष्ट्रिय इतिहासमा पहिलो शतक पनि हो ।
पारसले ४९ बलमा शतक प्रहार गरेका हुन् । पारसले १५ ओभरको अन्तिम बलमा टिम डेविडलाई छक्का प्रहर गर्दै शतक पुरा गरेका हुन् । कप्तान पारस ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रन जोडे । १ सय ५२ रनको मध्यम लक्ष्य पक्ष्याएको नेपालले १६ ओभरमा पूरा गरेको हो । पारसलाई आरिफले ३९ रन जोड्दै साथ दिए ।
त्यसअघि ओपनर इशान पाण्डेलाई दोस्रो ओभरको तेस्रो बलमा जनक प्रकाशले ५ रनमा एलवी डब्लू आउट गरेका थिए । आरिफ शेख ३८ बलमा ५ चौका सहित ३९ रनमा अविजित रहे ।
कप्तान पारस र आरिफले तेस्रो विकेटका लागि १ सय ४५ रनको शतकीय अविजित साझेदारी गरे । जुन टि२० आईमा कुनै पनि विकेटका लागि नेपालले गरेको उच्च साझेदारी हो ।
प्रकाशित मिति: शनिबार, असोज ११, २०७६