चरेसको कारोबार हुन थालेको भन्ने गोप्य सूचनाका आधारमा असोज १ गते प्रहरीले दाङ र रोल्पाको सीमामा पर्ने घोराही १९ खम्बासमा साढे आठ किलो चरेससहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लियो ।
रा ३ प ४५९ नम्बरको मोटरसाइकलमा सवार तीनजनालाई पछ्याएको प्रहरीले उनीहरुका साथबाट चरेस बरामद गरेको थियो । पक्राउ गरिएका रोल्पा गंगादेवी गाउँपालिका ४ का गणेश ओली, भूपेन्द्र थमृत थापालाई लागुऔषध कारोबार ऐनअन्तर्गत प्रहरीले मुद्धा चलाएको छ ।
घोराही उपहानगरपालिकास्थित एक घरमा डेरामा बस्ने महिलाले लागुऔषध कारोबार गर्ने गरेको सूचना प्रहरीले पायो ।
यही सूचनाका आधारमा उक्त घरमा छापा मारेको प्रहरीले त्यहाँ डेरा गरी बस्ने नवीना रोकाको कोठाबाट तीन किलो तीन सय ग्राम अफिम फेला पार्यो । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, असोज ११, २०७६