प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका काम नगर्ने मन्त्रीलाई हटाउने चेतावनी दिँदै गर्दा चालु आर्थिक वर्षको खर्च पछिल्ला तीन वर्षमध्ये सबैभन्दा न्यून भएको छ ।
प्रधानमन्त्री ओलीले बिहीबार सबै मन्त्री र सचिवलाई बोलाएर चालु आवमा अहिलेसम्म भएका कामको प्रगतिबारे जानकारी लिने क्रममा काम गर्न नसक्ने मन्त्रीलाई हटाउने चेतावनी दिएका थिए ।
प्रधानमन्त्रीले सामाजिक, आर्थिक विकासमा प्रभाव पार्ने गरी केही मन्त्रालयले काम गर्न नसकेको भन्दै असन्तुष्टि पनि पोखेका थिए ।
पछिल्लो तीन आर्थिक वर्षसँग तुलना गर्दा सबैभन्दा कम काम यहीँ वर्ष भएको सरकारी तथ्यांकले देखाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, असोज ११, २०७६