शिक्षक सेवा आयोगले शुक्रबार लिएको माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा परीक्षार्थीलाई वितरण गरिएको वस्तुगत प्रश्नपत्रमा गम्भीर त्रुटी भेटिएको छ ।
सदरमुकामस्थित पब्लिक मावि, सर्लाही क्याम्पसलगायतमा भएको अंग्रेजी विषयको परीक्षाअन्तर्गत बिहान ८ बजे परीक्षार्थीलाई वितरण गरिएको प्रश्नपत्रमा उत्तर हाइलाइट गरिएको पाइएको हो ।
प्रश्नपत्रको की घ को वस्तुगत प्रश्नमा हाइलाइट गरिएको हो । की क , ख , ग र घ गरी चारथरी प्रश्नमध्ये घ का ४० वटै प्रश्नमुनि दिइएका चार वैकल्पिक उत्तरमध्ये मिल्ने उत्तरमा हाइलाइट गरिएको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शनिबार, असोज ११, २०७६