काठमाडौं । नेपालमा जारी तेस्रो संस्करणको दक्षिण एसियाली खेलकुद (साफ) यु–१८ फुटबल प्रतियोगिताअन्तर्गत बंगलादेश अन्तिम चारणको प्रतिस्पर्धामा पुगेको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानलाई ४–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
खेलको दोस्रो मिनेटमा नै बंगलादेशले अग्रता लियो । बंगलादेशका कप्तान यासिन अराफातले गोल गर्दै पहिलो अग्रता लिएका हुन् । त्यस्तै, खेलको २७औं मिनेटमा बंगलादेशले अर्का खेलाडी मोहम्मदअहमेद फाहिमले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए ।
खेलको ३२औं मिनेटमा मोहम्मद मराजले गोल गर्दै खेलको पहिलो हाफअघि बंगलादेशलाई ३–० को अग्रता दिलाएका थिए । भुटानविरुद्ध पहिलो हाफमा ३ गोल गरेको बंगलादेशले दोस्रो हाफमा एक गोल थप्यो । खेलको दोस्रो हाफको अन्तिम मिनेटमा बंगलादेशका दीपक रोयले एक गोल गरेपछि बंगलादेशले भुटानमाथि ४–० को सहज जित हात पार्यो ।
भूटान समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने बंगलादेश समूह ‘बी’को उपविजेताकारुपमा सेमिफाइनलमा पुगेको थियो । अब बंगलादेशले उपाधिका लागि भारत र माल्दिभ्सबीचको विजेतासँग खेल्ने छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६