निर्धारित समयसीमाभन्दा दुई वर्षपछि देशलाई खुला दिसामुक्त घोषणा गरिँदैछ । शतप्रतिशत घरधुरीमा शौचालय बनाइएकाले यही असोज १३ गते नेपाललाई खुला दिसामुक्त मुलुक घोषणा गरिने भएको हो ।
नेपाल सरकारको सरसफाइ गुरुयोजना, २०६८ ले नेपाललाई सन् २०१७ मा खुला दिसामुक्त घोषणा गर्ने राष्ट्रिय लक्ष्य तय गरेको थियो । त्यसबीचमा भूकम्प, चुनाव लगायतका कारण शौचालय बनाउने काममा बाधा आइप¥यो । सन् २०१९ मा लक्ष्य पूरा गर्ने मिति सारिएको थियो ।
असोज १३ गते खुला दिसामुक्त मुलुक घोषणासँगै नेपालको पूर्ण सरसफाइसम्बन्धी पहिलो र महìवपूर्ण राष्ट्रिय लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत पूरा हुँदैछ । गएको साता मात्र ७७औँ जिल्लाका रूपमा भोजपुरलाई खुला दिसामुक्त घोषणा गरियो । योसँगै नेपाल खुला दिसामुक्त मुलुक भएको छ, जसको घोषणा असोज १३ गते हुँदैछ ।
खानेपानी मन्त्रालय खुला दिसामुक्त मुलुक घोषणाको तयारीमा लागेको छ । प्रत्येक घरधुरीलाई चर्पीको पहुँच पु¥याउने खुला दिसामुक्त अवस्थासम्बन्धी मानक पूरा गरेपछि खुला दिसामुक्त घोषणा गर्न लागिएको हो ।
राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यसचिव देवेन्द्र झाले भने, ‘देशका शतप्रतिशत घरधुरीमा शौचालय बनाइएकाले खुला दिसामुक्त घोषणा गर्ने बाटो खुलेको छ ।’
२०६८ सालमा सरसफाइ गुरुयोजना बनेपछि खुला दिसामुक्त अभियान सुरु भएको हो । यो अभियानले शून्य अनुदानमा घरघरमा चर्पी बनाउने कामलाई कार्यान्वयन ग¥यो । नागरिकको पूर्ण लगानी र सहभागितामा सफल भएको नेपाल सरकारको एक उदाहरणीय कार्यक्रम बनेको सदस्यसचिव झा बताउछन् ।
उनका अनुसार हाल देशभर ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय बनेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६