सरकारलाई काठमाडौं उपत्यकाका सडकसहित देशभरका मुख्य सडक तथा राजमार्गको मर्मत तथा खाल्टाखुल्टी पुर्न वर्षा बाधक बनेको छ।
चाडपर्वको पूर्वसन्ध्यामा सरकारले हरेक वर्ष सडकको मर्मत तथा खाल्टाखुल्टी पुर्ने गरेकोमा यस वर्ष लगातार वर्षा भएपछि काम प्रभावित बनेको छ। सडक विभागले काठमाडौं उपत्यका र देशका अन्य भागका सडक मर्मतसम्भार तथा खाल्टाखुल्टी पुर्न तयारी गरे पनि लगातार वर्षा भएपछि काम अघि बढ्न सकेको छैन।
विभागका प्रवक्ता शिवहरि सापकोटाले देशैभर सडकको मर्मत तथा सम्भार गर्न मौसमका कारण समस्या उत्पन्न भएको बताए । ‘एक वर्षमा दुईपटक सडक मर्मत गरिन्छ, एउटा वैशाख÷जेठमा भने अर्को भदौ असोजमा चाडपर्वको पूर्वसन्ध्यामा हुन्छ,’ उनले भने, ‘हामीले यति बेला वर्षाले बिगारेको सडक मर्मत गर्ने तयारी गरे पनि मौसमका कारण चुनौती उत्पन्न खडा भएको छ ।’
प्रवक्ता सापकोटाका अनुसार भदौ/असोजमा सडकमा सबैभन्दा बढी खाल्टाखुल्टी देखिने महिना भए पनि मौसमकै कारण खाल्टाखुल्टी पुर्न समस्या भएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०७६