शीर्ष डिभिजनको लन्डन क्लब चेल्सीले इंग्लिस फुटबल लिग (इएफएल) कपमा दोस्रो डिभिजनको ग्रिम्सबी टाउनमाथि प्रभावशाली जित निकालेको छ ।
घरेलु मैदान स्टाफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा चेल्सीले ग्रिम्सबीमाथि ७–१ को प्रभावशाली जित निकाल्दै इएफएलको चौथो चरणमा प्रवेश गरेको हो ।
खेलको चौथो मिनेटमा नै रोस बार्कलीले बक्सभित्रबाट उत्कृष्ट गोल गर्दै चेल्सीलाई शुरुवाती अग्रता दिलाए । सातौ मिनेटमा मिचे बात्सुयाईले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे ।
१९औं मिनेटमा म्याथ्थु ग्रीनले गोल गर्दै टोलीलाई २–१ म ल्याएका थिए । ४३औं मिनेटमा पेड्रो रोड्रिग्वेजले पेनाल्टीमा गोल गरेपछि चेल्सीले पहिलो हाफमा ३–१ को अग्रता लिएको थियो ।
दोस्रो हाफकाे ५६औं मिनेटमा कोर्ट जुमाले गोल गरेपछि चेल्सी फराकिलो जिततर्फ अग्रसर बन्यो ।
८२औं मिनेटमा रिस जेम्सले गोल गरे । ८६औं मिनेटमा बात्सुयाईले गोल गरेपछि चेल्सीले खेलमा ६–१ को अग्रता बनायो । ८९औं मिनेटमा मिचे बात्सुयाईले टोलीका लागि सातौ तथा व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ७–१ को फराकिलो जित दिलाए ।
प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६