काठमाण्डौं: सिख धर्मका संस्थापक गुरु नानक पातशाहले पाँच सय वर्ष अघि गरेको नेपाल यात्राका विषयमा पुस्तक प्रकाशन हुने भएको छ ।
अमेरिकी लेखक मनजित सिंहले प्रकाशनमा ल्याउने पुस्तक "डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु " सिख धर्मका संस्थापक गुरु नानक पातशाहको नेपाल यात्रामा केन्द्रित हुनेछ ।
लेखक सिंह अमेरिकाको क्यालिफोर्नियामा रहेको गुरु नानक देव सेवा सोसाइटी इन्टरनेसनलमा कार्यरत छन् । करिब पाँच सय बर्ष अघि इस्वी संवत १५१५ देखि १५१६ सम्म सिख गुरु नानक पातशाहले गरेको नेपाल यात्राका बारेमा पुस्तकमा स-बिस्तार बर्णन गरिने लेखक मनजित सिंहले बताए । गुरु नानक पातशाहको नेपाल भ्रमणका विषयमा लेखिने "डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु " पहिलो ए]तिहासिक पुस्तक हुने लेखकले दाबी गरेका छन् ।
लेखक सिंहका अनुसार तत्कालिन समयमा नेपालमा मल्ल वंशको शासन रहेका बेला गुरु नानक पातशाह तेश्रो यात्राका क्रममा पहिलो पल्ट नेपाल आएका थिए । उनले करिब ११ महिना काठमाण्डौ लगायतका स्थानमा भ्रमण गरेका थिए ।
मल्ल शासन काल यता करिब पाँच सय बर्ष देखि सिख धर्मावलम्बि र गुरु नानक मठ काठमाण्डौसंग स्थापीत रहेको नेपाली जनताको सम्बन्धका बिषयमा पनि पुस्तकमा बर्णन गरिने लेखकले बताएका छन् ।
लेखकले पुस्तक "डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाण्डु " को अन्तराष्ट्रिय प्रतिलिपी अधिकार संयुक्त राज्य अमेरिकाबाट प्राप्त गरेका छन् ।
प्रकाशित मिति: बुधबार, असोज ८, २०७६