शिक्षा मन्त्रालयले एक बर्ष भन्दा बढी समय एकै ठाउँमा बसेका शिक्षा मन्त्रालयका सहसचिवहरूकाे सरुवा गरेकाे छ ।
शिक्षा विभागका दीपक शर्मालाई प्रावधिक शिक्षा महाशाखामा, योजना महाशाखाका वैकुण्ठ अर्याललाई शिक्षक सेवा आयोगमा, प्रावधिक शिक्षा महाशाखाका हरि लम्साललाई चिकित्सा शिक्षा आयोगमा, ‘सिएलपीआईयु’का इमनारायण श्रेष्ठलाई शिक्षा विभागमा, शिक्षा आयोगका तुलसी थपलियालाई शिक्षा विभागमा सरुवा गरिएको छ भने दुई महिनादेखि जिम्मेवारीविहीन रहेका वरिष्ठ सहसचिव कमल पोखरेललाई मन्त्रालयको योजना महाशाखामा पठाइएको छ ।
यस्तै, विष्णु अधिकारीलाई मन्त्रालयबाट शिक्षा विभागमा सरुवा गरिएको छ । बेलायती सहयोगको एउटा इभेन्टमा काम गरिरहेका केशव दाहाललाई शैक्षिक गुणस्तर परिक्षण केन्द्र सानोठिमी पठाइएको छ ।
शिक्षा विभागका चुडामणि पौडेलको शिक्षा विभागबाट विद्यालय पुनर्निर्माण आयोजना इकाइमा सरुवा भएको छ भने शिक्षा विभागबाट खगेन्द्र नेपाललाई शिक्षाका लागि खाद्य कार्यक्रममा पठाइएको छ ।
प्रकाशित मिति: बुधबार, असोज ८, २०७६