चिनियाँ ह्याकरहरूको एक समूहले विभिन्न बैंकबाट ह्याक गरेर रकम निकालेको घटना सेलाउन नपाउँदै ह्याकरको समूहले कृषि विकास बैंकको करिब डेढ करोड ह्याक गरी चाेरेकाे घटना सार्वाजानिक भएकाे छ । कृषि विकास बैंकको सिस्टम हृयाक गरेर १ करोड ५६ लाख रुपैयाँ निकालिएको राष्ट्र बैंकले पुष्टि गरेकाे छ ।
ह्याक गरेर रकम निकाल्ने ११ जनामध्ये तीन जनालाई आइतबार काठमाडौं र अन्यलाई कैलाली, सिरहा र नुवाकोटबाट अभियुक्तहरु पक्राउ परेका हुन् ।
उक्त चोरीको घटनाको अनुसन्धान गरिरहेका प्रहरीका अनुसार उनीहरुले पहिले नबिल बैंकलाई निशाना बनाउने कोशिस गरेका थिए । तर नबिल बैंक चोर्न नसकेपछि कृषि विकास बैंकमा रकम चोरी गरेको बताइएको छ । यसरी बैंक ह्याक गर्ने काम नेपालबाट नभएर भारतको मुम्बईबाट भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको बताइएको छ ।
कृषि विकास बैंकको सिरहाको लहान र धनगढी शाखा कार्यालयहरुबाट रकम ट्रान्सफर गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । ट्रान्सफर गरिएको रकम केही व्यक्तिको खातामा समेत हालिएको अनुसन्धानबाट खुलेकाे छ । नयाँ शैली अपनाएर रकम निकालिएको छ तथा ब्यालेन्स सीट समेत चलाइएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारफ दिए ।
कृषि विकास बैंक सिस्टम हृयाकिङ प्रकरणमा भने बैंककै कर्मचारीको संलग्नता रहेको आशंका गरिएको छ । राष्ट्र बैंकको प्रारम्भिक अनुसन्धानका क्रममा भने बैंककै कर्मचारीहरुको संलग्नता देखिएको हाे। यो प्रकरणमा बैंककै कम्प्युटर समेत प्रयोग गरेको देखिएको छ ।
प्रकाशित मिति: बुधबार, असोज ८, २०७६