गण्डकी प्रदेशसभा सदस्य एवम अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले स्वच्छ खानेपानी प्रदेश सरकारको मुख्य प्राथमिकता भएको बताएका छन् । उनले खानेपानी योजनाका लागि बजेटको अभाव नहुने बताए । पोखरा महानगरपालिका–३२ चैनपुरमा मुहाने खानेपानी उपभोक्ता समूहको १८औँ वार्षिक साधारणमा सभापति कोइरालाले सरकारले सबै जनतालाई स्वच्छ खानेपानी उपलब्ध गराउन ‘एक घर एक धारा’ अभियान सञ्चालन गरेको बताए ।
सो आयोजनाको मर्मतका लागि प्रदेश सरकारले रु ४८ लाख विनियोजन गरेको उहाँले जानकारी दिए । पानी शुद्धीकरणका लागि योजना ल्याउनुस्, बजेटको अभाव हुन् दिन्न , कोइरालाले भने । विसं २०५७ देखि सञ्चालन भएको सो आयोजनाबाट पाँच सय परिवार लाभान्वित भएका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६