काठमाडाैं । ४२ महिनामा बनाइसक्ने गरी नागढुंगा सुरुङमार्ग निर्माणको ठेक्का सम्झौता भएकाे छ ।
जापान सरकारको ऋण सहायतामा बन्न लागेको सुरुङ मार्ग निर्माणका लागि सोमबार नागढुंगा सुरुङ मार्ग निर्माण परियोजना र जापानको ‘हाजमा अन्डो कर्पोरेसन’बीच ठेक्का सम्झौता भएको हाे ।
४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सुरुङ मार्गको ठेक्का सम्झौंता गरिएको सडक विभाग, वैदेशिक समन्वय महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए । सुरुङ मार्गको लम्बाई २ दशमलव ६७ किलोमिटर छ । ठेक्का सम्झौतामा सुरुङ मार्ग निर्माणका लागि १३ अर्ब ५० करोड लाग्ने उल्लेख छ।
जापान सरकारले ४० वर्ष भित्र तिर्ने गरी सुरुङ मार्गका लागि ०.०१ प्रतिशत ब्याजदरमा ऋण सहायता उपलब्ध गराएको छ। निर्माणको काम भने आगामी नोभेम्बरबाट सुरु हुने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६