काठमाडाैं । दसैँकाे बेलामा सार्वजनिक सवारी साधन चलाउनलाई रुट परमिट आवश्यक नपर्ने भएकाे छ ।
यातायात व्यवस्था विभागले सूचना जारी गरेर घटस्थापनाको दिनदेखि सार्वजनिक यातायात सञ्चालन गर्न रुट परमिट नचाहिने जनाएकाे हाे ।
दसैंका लागि एक ठाउँबाट अर्को ठाउँमा जाने यात्रुलाई सहज वातावरणमा यात्रा गराउन विभागले १९ गतेसम्म रुट परमिट खुल्ला गरेको हाे ।
दसैंमा सार्वजनिक यातायातको माग बढी हुने भएकाले देशभर अनुमति नलिइ सञ्चालन गर्न पाइने जानकारी यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए ।
आवश्यकतालाई ध्यानमा राखी अरु दिनमा पनि यो व्यवस्था थप गर्न सकिने उनले जानकारी दिए । दसैंमा देशका मुख्य सहरबाट मानिस घर जाने भएकाले उनीहरुलाई लक्षित गरि रुट परमिटको नचाहिने व्यवस्था गरिएको हमालले बताए ।
व्यवसायीको दबाबमा नभई सरकारले निर्णय गरेर अनुमति खुल्ला गरेको उनको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६