काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे आजबाट १०१ वर्ष लागेका छन् । उनको जन्मोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटरमार्फत शुभकामना दिएका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘१०१ औं जन्मदिवसका अवसरमा काव्यसाधक तथा राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यूमा हार्दिक बधाई ज्ञापन गर्दछु । नेपाली वाङ्मयले अझै लामो समय उहाँका साधनामय सिर्जना प्राप्त गर्न सकोस् । सुस्वास्थ्य र दीर्घायुको मङ्गलमय शुभकामना ।’
त्यसैगरी नेपालस्थित अमेरिकी दूतावासले पनि राष्ट्रकवि घिमिरेलाई शुभकामना दिएको छ । दूतावासले पनि ट्विट गर्दै भनेको छ, ‘नेपालका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई १०१ औं जन्मोत्सवको अवसरमा बधाई तथा दीर्घ अनि सक्रिय जीवनको शुभकामना ।’
यसैगरी राष्ट्रकवि घिमिरेलाई शुभकामना दिनेको सामाजिक सञ्जालमा लर्को नै छ । विभिन्न व्यक्तिले व्यक्तिगत तथा संस्थागत शुभकामना व्यक्त रेका छन् ।
राष्ट्रकवि घिमिरेमा हाम्रो पनि हार्दिक शुभकामना ।
प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६