सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले सोमबार चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग प्रशिक्षण लिएका छन् ।
प्रशिक्षण मंगलबार पनि चल्नेछ । नेकपाका नेताले चिनियाँ कम्युनिस्ट पार्टीका नेताबाट प्रशिक्षण लिएसँगै सात दशक लामो नेपालको वामपन्थी आन्दोलनको मौलिकता र यस्ता प्रशिक्षणले भू–राजनीतिमा पार्न सक्ने प्रभावबारे बहस सुरु भएको छ ।
नेपालको ठूलो र सत्तासिन वामपन्थी दलले सुरुदेखि नै माक्र्स, लेनिन, एंगेल्स र माओका विचारधारा मार्गदर्शन मानेर राजनीति गरेपछि त्यसमा बेला बेलामा विचलन आएका बेला प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा झण्डै दुई तिहाई बहुमत नजिक पुगेपछि फेरि कम्युनिस्ट सिद्दान्तको धङधङी सुरु भएको हो ।
अहिले नेकपाले चिनियाँ चिनियाँ कम्युनिस्ट पार्टीका नेता सी जिनपिङको विचार अपनाउन खोज्नुलाई पनि त्यही धङधङीको निरन्तरताको रुपमा व्याख्या गर्न थालिएको छ ।
आजको नागरिक दैनिकमा समाचार छ ।
प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६