१८ वैशाख, काठमाडौँ । गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानले यसै वर्षदेखि ‘सेन्दाई’ क्षेत्रीय कमिटी गठन गर्ने भएको छ । योसँगै जापानमा एनआरएनए जापानको १३ क्षेत्रीय कमिटीहरु हुनेछन । सेन्दाईमा पछिल्लो समय नेपालीहरुको संख्यामा उल्लेख्य बृद्धिभएसँगै एनआरएनए जापानले कमिटी विस्तार गर्न लागेको सदस्य तथा क्षेत्रीय कमिटी बिस्तार र सहजीकरण समितिका संयोजक प्रल्हादसिंह महतले जानकारी दिए । सेन्दाईबासी नेपालीलाई कमिटी बिस्तारमा सहयोग गर्न पनि संयोजक महतले अनुरोध गरेका छन् । सहयोगका लागि मे महिनाको १५ तारिखसम्ममा मोबाइल नम्बर ०७०१३६८९९२२ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०७४