केन्याको राजधानी सहर नैरोबीमा अवस्थित एक बिद्यालयको कक्षाकोठा भत्किँदा ७ बालबालिकाको मृत्यु भएको केन्याली सरकारले जनाएकाे छ ।
सो घटनामा परी ७ व्यक्तिको मृत्यु हुनुको साथै ५७ जना घाइते भएकाे सरकारी प्रवक्ताले पुष्टि गरेकाे समाचारमा जनाइएको छ । घटनापछि नौरोबीको डागोरेट्टी क्षेत्रमा रहेका सयौँ स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।
स्थानीय समयाअनुसार बिहान करिब ७ बजे सो कक्षाकोठा भत्किएको र त्यसमा परी विद्यार्थीहरूको ज्यान गएको हो ।
यहाँका विद्यार्थीहरु केही समयअघि मात्र कक्षाकोठामा छिरेका थिए । सो घटनापछि उद्धारकर्ताहरूले उद्धार गरेका थिए । -एएफपी
प्रकाशित मिति: सोमबार, असोज ६, २०७६