काठमाडौं । दसैँको बेला उपभोक्तालाई सस्तो मूल्यमा मोबाइल उपलब्ध गराउने लक्ष्यका साथ सिटिसी मोबाइल हब सुन्धारामा मोबाइल मेला सुरु भएको छ ।
विभिन्न मोबाइल कम्पनीहरुसँगको सहकार्यमा सुपथ मूल्य र अफÞरै अफरसहितको मेला आइतबार सुरु भएको हो । मेलामा ६० प्रतिशतसम्म छुटका साथै बाई वान गेट वान फ्रि अफर मुख्य आकर्षण बन्ने छ । निःशुल्क पार्किङको व्यवस्था गरिएको मेलामा मेरो सुरक्षासँगको सहकार्यमा निःशुल्क मोबाइल बीमाको समेत व्यवस्था गरिएको छ । यसबाट मोबाइल चोरी हुने, फुट्ने वा कुनै किसिमको समस्या आएमा तत्काल सेवाग्राहीले त्यसको समाधान पाउने मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।
साथै हरेक मोबाइलको खरिदमा सिनेमाको टिकट निःशुल्क वितरण हुने छ भने गल्फमा सहभागी भई २ स्कोर गरे साधारण मोबाइल, ३ स्कोर गरे आफूले खरिद गरेको मोबाइलमा ५० प्रतिशत छुट र ४ स्कोर गरे खरिद गरेको मोबाइल निःशुल्क पाइने छ ।
हरेक दिन मेला अवलोकनकर्तामध्येबाट लक्की ड्रमार्फत एक जनाले स्मार्ट फोन जित्न सक्ने छन् भने हरेक मोबाइल खरिदमा ग्राहकले हात खÞाली नजाने उपहार पाउने छन् ।
सिटिसी मल र विभिन्न मोबाइल कम्पनीहरुको दोहोरो अफरले सेवाग्राही धेरै लाभान्वित हुने विश्वास मोबाइल हबले लिएको छ । असोज ५ गतेबाट कात्तिक १६ सम्ममा मोबाइल खरिद गर्ने सबै ग्राहकलाई लक्की ड्रमा सहभागी गराई प्रथम पुरस्कार स्वरुप यामाहाको रे जेट आर स्कुटर प्रदान गरिने छ । दोस्रो पुरस्कारमा एक जनालाई बाली भ्रमणको प्याकेज र तेस्रो पुरस्कारमा डेलको एउटा ल्यापटप प्रदान गरिने छ । मोबाइल मेला दसैँको पूmलपातीसम्म सञ्चालन हुने छ भने अफरहरु कात्तिक १६ गतेसम्म लागू हुने छन् ।
मेलामा सामसुङ, एप्पल, एमआई, ओप्पो, हुवावे, भिभो, रियलमी, वान प्लस, अनर, ब्ल्याक बेरी, इकोटेल लगायत ब्रान्डका ६ सय ५० रुपैंयादेखि २ लाख १५ हजÞार मूल्यका मोबाइल उपलब्ध हुने छन् । नेपालमै पहिलो पटक सबैभन्दा धेरै ब्रान्डका मोबाइलहरु एउटै स्टोरमा उपलब्ध गराएको सिटिसी मोबाइल हबले रिचार्जर एपसँगको सहकार्यमा मोबाइल, क्यामरा, ल्यापटप, घरायसी सामान किस्ताबन्दीमा उपलब्ध गराउने छ । यसका लागि रिचार्जरको मोबाइल एप डाउनलोड गरी ६ महिनादेखि १८ महिनासम्मको किस्ताबन्दीमा सामान खरिद गर्न सकिन्छ ।
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६