जनसंख्या ३० लाखभन्दा बढी, सार्वजनिक शौचालय ३८ वटा । एउटा शौचालय ७९ हजारले प्रयोग गर्नुपर्ने बाध्यता छ ।
काठमाडौं महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले भने, काठमाडौंमा बसाईसराइ र जनसंख्या वृद्धि अनुपात हेर्दा यहाँको जनसंख्या ३० लाखभन्दा बढी पुगेको अनुमान छ ।
केन्द्रीय तथ्यांक विभागले सन् १०२६ मा काठमाडौंमा जनसंख्या २५ लाख २२ हजार एक सय तीन रहेको विवरण सार्वजनिक गरेको थियो । विभागका निमित्त महानिर्देशक मोदिनलाल श्रेष्ठले भने, हालको जनसंख्या धेरै हुनुपर्छ तर यकिन भन्न सकिन्न ।
विश्व स्वास्थ्य संगठनका अनुसार आपत्कालीन अवस्थामा मात्र एउटा शौचालय ५० हजारले प्रयोग गर्न सक्छन् । जनसंख्या हेरेर प्रत्येक तीन सय मिटरमा एउटा शौचालय हुनुपर्ने प्रावधान छ । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६