साविकको विजेता बार्सिलोना स्पेनिस ला लिगामा टोली ग्रानडासँग २–० ले पराजित भएकाे छ ।
घरेलु टोली ग्राण्डाका रामन अजिज र अल्भरो भाडिलोले गोल गरे । सम्हालिन नपाउदै घरेलु टोली ग्रानडाले खेलको दोस्रो मिनेटमा रामन अजिजको गोलबाट खेलमा बार्सिलोनाविरुद्ध अग्रता लिएको थियो ।
शुरुमै १–० ले पछि परेको बार्सिलोनाले त्यसपछि घरेलुलाई लगातार दवाव सिर्जना गरेपनि गोल गर्न असमर्थ रह्यो । दोस्रो हाफको शुरुमा प्रशिक्षक एर्नेस्टो भालभेर्डेले स्टार खेलाडी कपन लियोनेल मेस्सी र युवा स्टार खेलाडी अन्सु फातीलाई मैदानमा प्रवेश गराएपनि हार टार्न सकेन ।
६६औं मिनेटमा ग्रानडाले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पार्यो । आर्टुरो भिडालले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि भिएआरको सहायतामा रेफ्रीले ग्रानडालाई पेनाल्टी प्रदान गरेको थियो । जसमा अल्भरो भाडिलो चुकेनन् ।
७३ प्रतिशत बल पोजेसन राखेपनि बार्सिलोनाले घरेलु टोलीको बलियो रक्षापङ्ति तोड्न नसक्दा २–० ले स्तब्ध बन्न पुग्यो । ला लिगाको नयाँ सिजनका सुरुवाती ५ खेलमा बार्सिलोनाको यो दोस्रो हार हो । यसअघि बार्सिलोना एथ्लेटिको बिल्वाओसँग १–० ले पराजित भएको हो ।
प्रकाशित मिति: आइतबार, असोज ५, २०७६